Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ६२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २६१ पुगे

काठमाडौं उपत्यकामा १६१ सक्रिय संक्रमित

थप ६२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २६१ पुगे

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ६२० जनाको नमुना परीक्षण गर्दा ६२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै देशभर फेरि एकपटक सक्रिय संक्रमितको संख्या बढेर २६१ पुगेको छ । यसैगरी आज १९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख ८४ हजार ५४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६१ जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार