नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २ सय नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या बिस्तारै उकालो लाग्ने क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा ४१ जना नयाँ कोरोना संक्रमित थपिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढेर २०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई साता अघिसम्म एक सयभन्दा कम भएको सक्रिय संक्रमितको संख्या अहिले बढेर २ सय भन्दा बढी पुगेको हो । यसैगरी आइसीयूमा र संस्थागत आइसोलेसनमा बस्ने संक्रमितको संख्या पनि बढेको छ ।
दुई साता अघिसम्म अस्पताल भर्ना शुन्य रहेकोमा अहिले संस्थागत आइसोलेसनमा रहने संक्रमितको संख्या ६ जना रहेको छ भने सिकिस्त भएर आइसीयू भर्ना हुने संक्रमितको संख्या पनि ३ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ११ हजार ९५२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा