नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २ सय नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या बिस्तारै उकालो लाग्ने क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा ४१ जना नयाँ कोरोना संक्रमित थपिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढेर २०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई साता अघिसम्म एक सयभन्दा कम भएको सक्रिय संक्रमितको संख्या अहिले बढेर २ सय भन्दा बढी पुगेको हो । यसैगरी आइसीयूमा र संस्थागत आइसोलेसनमा बस्ने संक्रमितको संख्या पनि बढेको छ ।
दुई साता अघिसम्म अस्पताल भर्ना शुन्य रहेकोमा अहिले संस्थागत आइसोलेसनमा रहने संक्रमितको संख्या ६ जना रहेको छ भने सिकिस्त भएर आइसीयू भर्ना हुने संक्रमितको संख्या पनि ३ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ११ हजार ९५२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?