‘प्रजनन दर घट्दैमा परिवार नियोजनका सेवा चाहिंदैन भन्ने हुँदैन’
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रजनन दर घट्दैमा परिवार नियोजनका साधनको प्रयोग कम गर्नुपर्छ वा चाहिंदैन भन्ने नहुने विज्ञहरुले बताएका छन्। शुक्रबार परिवार कल्याण महाशाखाद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले परिवार नियोजनकाबारेमा अझै पनि भ्रमहरु रहेको र जनसंख्या कम हुँदैमा अब परिवार नियोजन सेवा चाहिंदैन भन्ने कुराहरु आएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
कार्यक्रममा महाशाखाका निर्देशक डा विवेक लालले धेरै जनाले अझै पनि परिवार नियोजन सेवालाई जनसंख्या नियन्त्रणसँग मात्रै जोडेर हेर्ने गरेको बताए । उनले त्यसै कारणले पनि जनसंख्या घट्ने बित्तिकै अब यो सेवा किन चाहियो भन्ने बुझाई रहने गरेको तर यो सरासर गलत र भ्रमपूर्ण भएको बताए । उनले परिवार नियोजनका साधन महिलाको प्रजनन स्वास्थ्य अधिकारसँग जोडिएको हुनाले उनलाई यो सेवा सधैं चाहिने बताए ।
यसैगरी महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा पछिल्लो समय जनसंख्या घट्यो अब किन परिवार नियोजनको सेवा चाहियो र भनेर पढे लेखेकै मानिसहरुले भन्ने गरेको प्रसंग उठाउँदै यो सेवा महिला पुरुष दुबैलाई सधैं चाहिने भन्दै भ्रममा नपर्न आग्रह गरिन्। उनले परिवार नियोजनका साधनले नेपालमा मातृ, नवजात शिशु मृत्युदर घटाउन उल्लेख्य काम गरेको र सो प्रगतिलाई तल झर्न नदिन र अझ सुधार गर्नका लागि परिवार योजना सेवाको निरन्तरता अपरिहार्य रहेको जनाइन्। उनले प्रजनन दर घट्नुमा बसाई सराई, ढिलो विवाह, गर्भपतन, गर्भनिरोधक साधन आदिको महत्वपूर्ण भूमिका हुने बताइन । उनले परिवार नियोजनमा गरिने खर्च वास्तवमा खर्च नभई लगानी भएको समेत जिकीर गरिन्।

यसैगरी कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा राजेन्द्र गुरुङले परिवार नियोजन सेवा सम्बन्धी सञ्चारमाध्यममा पनि कहिलेकाहीं अस्पष्ट र भ्रमपूर्ण समाचार आउने गरेको बताए । उनले यस्ता समाचार आइदिंदा सेवाग्राही अलमलमा पर्ने गरेको भन्दै यो अत्यन्त संवेदनशील विषय भएकाले सञ्चारकर्मीले विज्ञहरुसँग भेरिफाई गरेर मात्र सूचना प्रवाह गरिदिनपर्नेमा जोड दिए । उनल मिडियामा आएकै विषयलाई लिएर सर्वसाधारणले धारणा बनाउने हुँदा यस्ता विषयमा लेख्दा संवेदनशिल भएर सम्बन्धित व्यक्तिलाई सोधेर आधिकारिक स्रोतबाट मात्र सूचना लिएर लेख्न आग्रह गरे । उनले कार्यक्रममा परिवार नियोजनसम्बन्धी भ्रमपूर्ण समाचार भन्दै केही मिडियाहरुमा आएका न्यूज कटिङहरु समेत देखाएका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’