यसरी लगाउन सुरु गरियो बालबालिकालाई कोभिड विरुद्धको खोप (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड विरुद्धको खोप दिन सुरु गरेको छ ।
स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह, मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्रा तथा उच्च स्वास्थ्य अधिकारी, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा राजेश सम्भाजीराव पाण्डव , युएसएआइडी नेपालकी मिशन निर्देशक सेपिडे केभान्साड लगायतको उपस्थितीमा भक्तपुरको सानोठीमीमा रहेको आदर्श माध्यमिक विद्यालयबाट बालबालिकालाई कोभिड खोप दिन सुरु गरिएको हो ।
बालबालिकालाई फाइजर बायोनटेक पेडियाट्रिक खोप दिन लागिएको हो । याे खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकी सरकारबाट नि:शुल्क प्राप्त भएको हो । बालबालिकाका लागि अमेरिकाबाट आइतबार नै २२ लाख डाेज खोप काठमाडौं आइपुगिसकेको छ ।

सरकारले देशभरका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दुई चरणमा गरेर खोप दिने तयारी गरेकाे छ । पहिलो चरण आजबाट २७ जिल्लामा सुरु भएको छ भने बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि लगाउन सुरु गरिनेछ ।








व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य