काठमाडौंमा थप २ जनामा हैजा पुष्टि, पानी उमालेर पिउन आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा थप दुई जनामा हैजाका बिरामी पुष्टि भएका छन्। बुधबार काठमाडौं स्वास्थ्य कार्यालयले पत्रकार सम्मेलन गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडा पखाला लागेर भर्ना भएका दुई जना बिरामीमा हैजा पुष्टि भएको जनाएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले हैजा पुष्टि हुने बिरामी भोटेबहाल र डिल्लीबजारमा बसोबास गर्दै आएको बताए । आज पुष्टि भएका दुई बिरामीसँगै काठमाडौंमा हैजाका बिरामीको संख्या चार पुगेको छ। हैजा कसरी फैलिरहेको छ भन्ने अनुसन्धान गर्नका लागि टिम बनाएर अघि बढेको समेत अधिकारीले जानकारी दिएका छन्।
शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक एक सयभन्दा बढी झाडा पखालाका बिरामी भर्ना हुने गरेको समेत जिकीर गरे । उनले अहिले वर्षायाम भएका कारण पानीको मुहान दूषित हुनसक्ने भन्दै पानी निर्मलीकरण वा उमालेर मात्र पिउन सबैलाई आग्रह समेत गरे । यसैगरी बासी र सडेगलेका खानेकुराबाट टाढै रहन पनि उनले आग्रह गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण