भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन १२ हजार संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : भारतमा फेरि एकपटक कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा त्यहाँ १२ हजार २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर ५८ हजार २१५ पुगेको छ । अघिल्लो दिनको तुलनामा ३८ प्रतिशतले संक्रमण पुष्टि भएको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले कोरोना संक्रमण दर २ दशमलब ३५ प्रतिशत रहेको छ । महाराष्ट्र, केरला, दिल्ली, कर्नाटक र हरियाणा लगायतका ५ राज्यमा सबैभन्दा बढी संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?