Health TV Online
Health TV Online

५ देखि ११ वर्षका ३९ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै

५ देखि ११ वर्षका ३९ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलोपटक कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले देशभरका ५ देखि ११ वर्षका ३९ लाख बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउन यस विरुद्धको खोप लगाउन थालिएको बताएकी हुन्। उनले बुधबारको नियमित पत्रकार ब्रिफिङ कार्यक्रममा उक्त कुराको जानकारी दिंदै आफना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन विद्यालयमा सम्पर्क गर्न आग्रह गरिन। बालबालिकाका लागि उनीहरुकै विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

खोप अभियान दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा २७ जिल्लामा खोप दिइने पनि डा मिश्राले जानकारी दिइन । पहिलो चरणमा यही असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म सोही समूहलाई दोस्रो मात्रा दिइने छ । यसैगरी बाँकी ५० जिल्लामा पहिलो चरणको खोप अभियान भदौ ५ देखि सुरु भएर ११ गतेसम्म चल्नेछ भने दोस्रो मात्राका लागि भदौ २७ देखि असोज १ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार