Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप २५ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणमुक्त

थप २५ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९०५ जनाको नमुना परीक्षण गरिएकोमा २५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै देशमा सक्रिय कोरोना संक्रमितको संख्या ९७ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज १० जना संक्रमित थपिएका छन्। सक्रिय संक्रमितमध्ये एक जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी सबै होम आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार