Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली बिरामी परेपछि अस्पताल भर्ना

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली बिरामी परेपछि अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन \काठमाडौं : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली बिरामी भएपछि अस्पताल भर्ना भएकी छन्। मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरी मंगलबार राति बुटवल ल्याइएकी वली लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी हुन्।

राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएको अस्पतालले जनाएको छ । उनको परीक्षण गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको बताइएको छ भने अन्य जाँचको रिपोर्ट भने आउन बाँकी छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार