भारतमा पछिल्लो २४ घण्टामा ८ हजारभन्दा बढीमा कोरोना संक्रमण, १५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा केही दिन यता कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा ८ हजार ८२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी यहीवीच १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँख्यासँगै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५३ हजार ६३७ पुगेको छ ।
केही समय अघिसम्म कोरोना संक्रमण ओरालो लाग्दै गएकोमा केही दिन यता भने संक्रमण उकालो लाग्न थालेको भन्दै विज्ञहरुले सावधानी अपनाउन आग्रह गर्दै आएका छन्। विश्वभर नै कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि यसको जोखिम कम नभएको भन्दै विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको मापदण्ड पालना अनिवार्य गर्न सबैलाई आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण