नेपालमा ३९ जिल्ला कोरोना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालका ३९ जिल्ला अहिले कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशका ३९ जिल्लामा एक जना पनि कोरोना संक्रमित छैनन्।
ती जिल्लाहरुमा इलाम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, पर्सा, बारा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, कपिलवस्तु जाजरकोट, जुम्ला लगायतका जिल्ला हुन्।
अहिले देशभर ११२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये सबैजना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?