Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

महिलालाई तलबसहितको सुत्केरी बिदा ९८ दिन, पाउनै मुश्किल

कानूनले तोके बमोजिम महिलालाई ९८ दिन सुत्केरी बिदा दिन स्वास्थ्य मन्त्रालयको सबै संस्थालाई निर्देशन

महिलालाई तलबसहितको सुत्केरी बिदा ९८ दिन, पाउनै मुश्किल

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले महिलालाई सुत्केरी हुनु पूर्व र सुत्केरी भएपछिको अवधिमा ९८ दिन बिदा दिने कानूनी व्यवस्था गरेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १३ ले विभिन्न नीजि, सरकारी, गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछिको अवधिमा कम्तीमा अन्ठानब्बे दिनसम्मको तलबी बिदा पाउने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार सबै महिलाले प्रसूति बिदा ९८ दिन पाउनैपर्छ । तर धेरै महिलाले कानून बमोजिमको प्रसूति बिदा नपाएको गुनासो सबैतिर देखिन्छ । सोही गुनासो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले सबै नीजि तथा सरकारी, गैर सरकारी संस्थालाई आफनो कार्यालयमा कार्यरत महिला कर्मचारीलाई सो बिदा अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयकी उपसचिव रोशनी देवी कार्कीद्धारा जारी गरिएको उक्त विज्ञप्तिमा भनिएको छ, ‘महिलाले नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको भन्ने विषयमा पछिल्लो समय धेरै नै गुनासो आएको र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा स्पष्ट रुपमा ९८ दिन तलबसहितको बिदाको व्यवस्था गरेकाले सो बमोजिम बिदा दिन सम्बन्धित सबैलाई अनुरोध गर्दछौं ।’

सरकारी संस्थामा प्रसूति बिदा दिने गरेको पाइए पनि नीजि संस्थाहरुमा भने महिलालाई प्रसूति बिदा पाउनै मुश्किल हुन्छ । कति महिलाले त सुत्केरीपछि जागिर छोड्नुपर्ने अवस्था आउनेसम्मको गुनासो सुन्ने गरिन्छ ।

विकसित देशहरुमा महिलालाई ६ महिनासम्म तलब सुविधासहितको सुत्केरी बिदा दिने गरिन्छ । उनीहरुले शिशु स्वस्थ हुनका लागि पूर्ण स्तनपानको आवश्यक हुने र त्यसका लागि आमा बिदा बस्नपर्ने भएकोले उनीहरुले यसरी ६ महिनासम्म आमालाई सुविधासहितको बिदा दिने गर्छन । नेपालमा भने भएकै ९८ दिनको बिदाको कानून कार्यान्वयनमा पनि समस्या देखिएको छ । बिदा दिइहाले पनि धेरै नीजि संस्थाले बेतलबी बिदामा राख्ने गरेको पाइन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन