Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वैकल्पिक चिकित्साका अवसर र चुनौतीबारे छलफल कार्यक्रम सम्पन्न

वैकल्पिक चिकित्साका अवसर र चुनौतीबारे छलफल कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन\ काठमाडौं : वैकल्पिक चिकित्साको अवसर र चुनौतीबारे काठमाडौंमा छलफल कार्यक्रम सम्पन्न भएको छ । बुधबार हेल्थ आवाजले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले वैकल्पिक चिकित्सामा देखिएका समस्या, अवसर र चुनौतीकाबारेमा छलफल गरेका हुन्। कार्यक्रममा आयुर्वेद, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर, लगायतका चिकित्सा पद्धति वैकल्पिक भन्दा पनि एक अर्काको परिपूरक चिकित्सा भएको बताउँदै एलोपेथिक पद्धति सरह यी सेवालाई पनि सँगसँगै विकास गरेर लानुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा परिपूरक चिकित्सा हुँदाहुँदै पनि यो क्षेत्र विभिन्न कारणले पछाडी परेको भन्दै यसमा सरोकारवालालाई ध्यानाकर्षण समेत गराइएको थियो । कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले वैकल्पिक चिकित्सा शिक्षामा भएका समस्यालाई समाधान गर्न आफू कटिवद्ध रहेकोे र यसका लागि के कस्ता समस्याहरु छन् भन्ने कुरा सबै मिलेर पत्ता लगाएर आउन आग्रह गरे । उनले वैकल्पिक चिकित्सा परापूर्व कालदेखि रहँदै आएको हुँदा यसको विकास गर्दै लाने र यसको पढाईलाई पनि व्यवस्थित र गुणस्तरीय बनाउनपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले वैकल्पिक चिकित्साभित्र पनि विभिन्न पद्धतिहरु रहेको र यी सबै पद्धतिको विकासका लागि एकीकृत भएर अघि बढनुपर्नेमा जोड दिए । उनले कुनै पनि विधा कम र बढी महत्वपूर्ण नहुने भन्दै सबैको आ आफनो क्षेत्र त्यत्तिकै महत्वपूर्ण हुने भन्दै सबै फुटेर नभई जुटेर एकीकृत रुपमा आएर यसको विकास र विस्तारमा लाग्नुपर्नेमा जोड दिए ।

यसैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले वैकल्पिक चिकित्साको क्षेत्रमा काम हुँदै नभएको भन्न नमिल्ने भन्दै तर अझै यसको सेवा विस्तार र विकासका लागि  काम गर्न भने बाँकी रहेको जिकीर गरे ।

कार्यक्रममा अकुपञ्चर, योग, प्राकृतिक चिकित्सा, होमियोप्याथी, सोवा रिग्पा, वैकल्पिक चिकित्सामा अनुसन्धान लगायतका विषयमा विज्ञहरुले प्रस्तुतीकरण गरेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार