काठमाडौंको फोहोर आजबाट उठाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा लामो समयदेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ । सरकार र फोहोर फाल्ने क्षेत्रका बासिन्दाबीचको सहमति भएपछि आजदेखि फोहोर उठाइने भएको हो ।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।
सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिएपछि काठमाडौंको फोहोर उठ्न सकेको थिएन । उनीहरुबीच सर्तसहित सहमति भएपछि अब भने फोहोरको व्यवस्थापन हुन लागेको हो । वर्षायाम सुरु हुन लागेकाले पनि धेरै दिन फोहोर बाटोमा रहँदा हैजा, झाडापखाला लगायतका रोग फैलिनसक्ने भन्दै चिकित्सकहरुले फोहोरको व्यवस्थापन छिटै गर्नुपर्ने बताउँदै आएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?