Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वीर अस्पतालमा रक्त क्यान्सर सर्भाइभर मिट सम्पन्न

वीर अस्पतालमा रक्त क्यान्सर सर्भाइभर मिट सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलककै जेठो वीर अस्पतालमा रक्त क्यान्सरको सम्पूर्ण उपचार हुने भएको छ । वीर अस्पतालले आइतबार क्यान्सर सर्भाइभर्स डेको अवसर पारेर गरेको रक्त क्यान्सर सर्भाइभर मिटमा अस्पतालका हेमाटोलोजिस्ट डा निरज सिंहले वीर अस्पतालमा रक्त क्यान्सरका बिरामीलाई उच्च स्तरीय सेवा दिन सुरु गरेको जनाए । उनले रक्त क्यान्सरको सबै खालका (बोनम्यारो ट्रानसप्लान्ट) बाहेक उपचार वीर अस्पतालमा हुने जानकारी दिए ।

उनले आर्थिक रुपमा विपन्न बिरामीका लागि यो सेवाले ठूलो राहत प्रदान गर्ने समेत जिकीर गरे ।अस्पतालले रक्त क्यान्सरबाट निको भएकाहरुको सम्मानमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्र बस्नेतले वीर अस्पताललाई सबै खालका बिरामीको भरोसाको केन्द्र बनाउन आफू लागि परेको जनाए । कार्यक्रममा क्यान्सर विशेषज्ञहरु डा मदन पिया, डा विष्णुदत्त पौडेल, डा अरुण शाही, वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर लगायतले मन्तब्य राख्दै सबै खालका क्यान्सरको समयमै उपचार गरे निको हुने भन्दै केही लक्षण देखिानासाथ उपचारमा आउन आग्रह गरेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार