वीर अस्पतालमा रक्त क्यान्सर सर्भाइभर मिट सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलककै जेठो वीर अस्पतालमा रक्त क्यान्सरको सम्पूर्ण उपचार हुने भएको छ । वीर अस्पतालले आइतबार क्यान्सर सर्भाइभर्स डेको अवसर पारेर गरेको रक्त क्यान्सर सर्भाइभर मिटमा अस्पतालका हेमाटोलोजिस्ट डा निरज सिंहले वीर अस्पतालमा रक्त क्यान्सरका बिरामीलाई उच्च स्तरीय सेवा दिन सुरु गरेको जनाए । उनले रक्त क्यान्सरको सबै खालका (बोनम्यारो ट्रानसप्लान्ट) बाहेक उपचार वीर अस्पतालमा हुने जानकारी दिए ।
उनले आर्थिक रुपमा विपन्न बिरामीका लागि यो सेवाले ठूलो राहत प्रदान गर्ने समेत जिकीर गरे ।अस्पतालले रक्त क्यान्सरबाट निको भएकाहरुको सम्मानमा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा भुपेन्द्र बस्नेतले वीर अस्पताललाई सबै खालका बिरामीको भरोसाको केन्द्र बनाउन आफू लागि परेको जनाए । कार्यक्रममा क्यान्सर विशेषज्ञहरु डा मदन पिया, डा विष्णुदत्त पौडेल, डा अरुण शाही, वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर लगायतले मन्तब्य राख्दै सबै खालका क्यान्सरको समयमै उपचार गरे निको हुने भन्दै केही लक्षण देखिानासाथ उपचारमा आउन आग्रह गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण