Health TV Online
Health TV Online

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन झण्डै ४ हजार संक्रमित थपिए

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन झण्डै ४ हजार संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा फेरि एकपटक कोरोना संक्रमण बढ्न थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ झण्डै ४ हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। यसैगरी अघिल्लो दिन पनि ४ हजार ४१ नयाँ संक्रमित थपिएका थिए । संक्रमितमध्ये आधाभन्दा बढी केरलाका रहेको बताइएको छ ।

भारतमा केरलासहित महाराष्ट्र, तमिलनाडु, तेलगंना र कर्नाटकमा धेरै संक्रमित देखिएका छन्। संक्रमण बढ्न थालेपछि यी राज्यहरुमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिएको छ । केही महिना यता भारतमा कोरोना संक्रमणमा धेरै कमी आएको थियो । तर केही दिन यता फेरि संक्रमण बढ्ने गतिमा देखिएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

भारतमा हालसम्म ५ लाख २४ हजार ६७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

थप समाचार