Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुटु र फोक्सो प्रत्यारोपणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न

मुटु र फोक्सो प्रत्यारोपणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : राजधानीमा मुटु र फोक्सो प्रत्यारोपणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । भारतको अपोलो अस्पतालले आफूहरुले मुटु र फोक्सो प्रत्यारोपणमा गरेका प्रगतिकाबारेमा जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा अपोलो अस्पतालका पल्मोनोलोजी विभाग क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा एम एस कँवर, अपोलो अस्पताल नयाँ दिल्लीका कार्डियाक इलेक्ट्रोफिजियोलोजिस्ट र इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा वनिता अरोरा तथा कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा मुकेश गोयलको सहभागिता रहेको थियो । कार्यक्रममा फोक्सो र मुटु प्रत्यारोपणका जटिलता र भारतमा भइरहेको प्रविधिकाबारेमा जानकारी दिइएको थियो ।

डा कँवरले अपोलो अस्पतालमा हालसम्म ९० जनामा मुटु र १९६ जनामा फोक्सो प्रत्यारोपण गरिसकेको भन्दै नेपालमा पनि यस्तो समस्या भएमा अपोलोमा आएर सेवा लिनसक्ने जनाए । उनले यी दुबै प्रत्यारोपण असाध्यै जटिल र चुनौतीपूर्ण भएको भन्दै यो प्रत्यारोपण गर्दा कति सफल हुने भन्ने कुरा बिरामीको अवस्था मात्र नभई धेरै कुराले निर्धारण गर्ने समेत जिकीर गरे ।

कार्यक्रममा अपोलोमा नेपालीहरुलाई पनि भारतीय नागरिक सरह नै उपचारमा सुविधा हुने बताइएको थियो । मुटु र फोक्सो प्रत्यारोपणलई विश्वमै जटिल शल्यक्रियाका रुपमा लिइन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन