मुटु र फोक्सो प्रत्यारोपणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : राजधानीमा मुटु र फोक्सो प्रत्यारोपणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । भारतको अपोलो अस्पतालले आफूहरुले मुटु र फोक्सो प्रत्यारोपणमा गरेका प्रगतिकाबारेमा जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा अपोलो अस्पतालका पल्मोनोलोजी विभाग क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन विभागका वरिष्ठ सल्लाहकार डा एम एस कँवर, अपोलो अस्पताल नयाँ दिल्लीका कार्डियाक इलेक्ट्रोफिजियोलोजिस्ट र इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा वनिता अरोरा तथा कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा मुकेश गोयलको सहभागिता रहेको थियो । कार्यक्रममा फोक्सो र मुटु प्रत्यारोपणका जटिलता र भारतमा भइरहेको प्रविधिकाबारेमा जानकारी दिइएको थियो ।
डा कँवरले अपोलो अस्पतालमा हालसम्म ९० जनामा मुटु र १९६ जनामा फोक्सो प्रत्यारोपण गरिसकेको भन्दै नेपालमा पनि यस्तो समस्या भएमा अपोलोमा आएर सेवा लिनसक्ने जनाए । उनले यी दुबै प्रत्यारोपण असाध्यै जटिल र चुनौतीपूर्ण भएको भन्दै यो प्रत्यारोपण गर्दा कति सफल हुने भन्ने कुरा बिरामीको अवस्था मात्र नभई धेरै कुराले निर्धारण गर्ने समेत जिकीर गरे ।
कार्यक्रममा अपोलोमा नेपालीहरुलाई पनि भारतीय नागरिक सरह नै उपचारमा सुविधा हुने बताइएको थियो । मुटु र फोक्सो प्रत्यारोपणलई विश्वमै जटिल शल्यक्रियाका रुपमा लिइन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?