Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालले मनायो ५ औं वार्षिकोत्सव

नेपाल क्यान्सर अस्पतालले मनायो ५ औं वार्षिकोत्सव

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले शुक्रबार पाँचौं वार्षिकोत्सव मनाएको छ ।

नीजि क्षेत्रबाट सबैभन्दा ठूलो लगानीमा खुलेको पहिलो क्यान्सरको विशिष्टीकृत नेपाल क्यान्सर अस्पतालले एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले नेपालीको क्यान्सर उपचार नेपाल मै भन्ने नाराका साथ सुरु भएको यस अस्तालले धेरै हदसम्म सो नारा पूरा गर्न सफल भएको भन्दै अझै पनि नयाँ नयाँ प्रविधिहरु भित्राउन बाँकी भएको बताए ।

उनले भने, ‘यो बीचमा नेपालमै क्यान्सरको उपचार हुन्छ भन्ने विश्वास दिलाउन सक्यौं अब सेवा र नयाँ प्रविधि विस्तारसँगै जनशक्तिमा पनि ध्यान दिंदै अघि बढ्नुपर्नेछ ।’

वार्षिकोत्सवको अवसर पारेर अस्पतालले विभिन्न प्रतियोगिताहरु गरेको थियो । सो प्रतियोगितामा विजयीलाई कार्यक्रममा पुरुस्कार तथा सम्मान पत्र प्रदान गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन