पछिल्लो २४ घण्टामा २६ जना नयाँ कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ६०५ जनाको नमुना परीक्षण गरिएकोमा थप २६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ९ जना संक्रमित निको भएका छन्। गत २४ घण्टामा ८२ हजार ४१३ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । अहिले देशभर १११ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये ११० जना होम आइसोलेसनमा छन् भने एक जना संस्थागत आइसोलेसनमा रहेकाछन्।
नेपालमा हाल ३८ जिल्ला कोरोना शुन्य भएका छन् भने अन्य जिल्लामा पनि १ सयभन्दा कम मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?