कोरोना महामारीका कारण पढाई बीचमै छोडेर आएका चीनमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी फर्किन पाउने भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाका कारण आफनो पढाई पुरा नगरी बीचमै नेपाल फर्किएका मेडिकल तथा अन्य विषयका विद्यार्थीहरु पढाई पुरा गर्न चीन जान पाउने भएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन पुरा गर्न चीन फर्कन पाउने २८१ जना विद्यार्थीहरुको सूची प्रकासित गरेको हो । मन्त्रालयले यो पहिलो चरणमा जान पाउने विद्यार्थीहरुको सूची भएको भन्दै सूचीमा रहेका विद्यार्थीहरुलाई भीसाको लागि निवेदन दिन भनेको छ ।
कोभिडका कारण चीनमा सुरु गरेको अध्ययन पुरा गर्न नपाएका कतिपय विद्यार्थीहरुले थप अध्ययनको व्यवस्था नेपालमै मिलाउन पर्ने भन्दै सरकारलाई दवाव दिंदै दिएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?