Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना महामारीका कारण पढाई बीचमै छोडेर आएका चीनमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी फर्किन पाउने भए

कोरोना महामारीका कारण पढाई बीचमै छोडेर आएका चीनमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी फर्किन पाउने भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाका कारण आफनो पढाई पुरा नगरी बीचमै नेपाल फर्किएका मेडिकल तथा अन्य विषयका विद्यार्थीहरु पढाई पुरा गर्न चीन जान पाउने भएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन पुरा गर्न चीन फर्कन पाउने २८१ जना विद्यार्थीहरुको सूची प्रकासित गरेको हो । मन्त्रालयले यो पहिलो चरणमा जान पाउने विद्यार्थीहरुको सूची भएको भन्दै सूचीमा रहेका विद्यार्थीहरुलाई भीसाको लागि निवेदन दिन भनेको छ ।

कोभिडका कारण चीनमा सुरु गरेको अध्ययन पुरा गर्न नपाएका कतिपय विद्यार्थीहरुले थप अध्ययनको व्यवस्था नेपालमै  मिलाउन पर्ने भन्दै सरकारलाई दवाव दिंदै दिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार