थप १५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ८४२ जनाको नमुना परीक्षण गरेकोमा १५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी ११ जना कोरोना संक्रमित निको भएका छन्। अहिले देशभर ९८ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये सबै जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण