Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर अस्पतालको रक्तदान कार्यक्रम

वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर अस्पतालको रक्तदान कार्यक्रम

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफनो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

पाँचौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आएको अस्पतालले मंगलबार अस्पताल परिसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको हो । जसमा अस्पतालका चिकित्सक, कर्मचारी लगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रशंसापत्र दिएर सम्मान गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार