नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक सयभन्दा कम
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक सय भन्दा कममा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार अहिले देशभर जम्मा ९७ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये सबै जना होम आइसोलेसनमा रहेको र अस्पतालमा भर्ना संक्रमितको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हाल देशभरका क्वारेन्टाइन पनि खाली भएका छन्। अहिले काठमाडौंमा १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यसैगरी भक्तपुरमा २ र ललितपुरमा एक जना रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?