Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक सयभन्दा कम

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक सयभन्दा कम

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक सय भन्दा कममा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार अहिले देशभर जम्मा ९७ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये सबै जना होम आइसोलेसनमा रहेको र अस्पतालमा भर्ना संक्रमितको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी हाल देशभरका क्वारेन्टाइन पनि खाली भएका छन्। अहिले काठमाडौंमा १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यसैगरी भक्तपुरमा २ र ललितपुरमा एक जना रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार