Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा वाकाथन

विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा वाकाथन

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज मे ३१ अर्थात विश्व सुर्तीजन्य पदार्थरहित दिवस । दिवसको अवसर पारेर निधी शक्ति हेल्थ प्रोटेक्सन सेन्टरले वाकाथन कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु, मिर्गौला जस्ता रोग निम्त्याउने भन्दै यसबारे जनचेतना जगाउन वाकाथनको आयोजना गरिएको हो ।

वाकाथनमा नेपाल क्यान्सर सपोर्ट ग्रुप, नेपाल क्यान्सर सर्भाइभर सोसाइटी, क्यान्सर रिलिफ सोसाइटी, लायन्स क्लब अफ काठमाडौ राेबुस्ट, क्यान्सरबाट निको भएकाहरु साथै स्थानीयहरु लगायत सुर्तीजन्य पदार्थको सेवन छोडौं, स्वास्थ्य रोजौं जस्ता सूचना लेखिएका प्ले कार्ड बोकेर सहभागी भएका थिए । वाकाथन काठमाडौंको चुच्चेपाटीबाट सुरु भएर बौद्धनाथ घुमेर पुन चुच्चेपाटी चोकमा आएर अन्तरक्रिया कार्यक्रम गरी सम्पन्न भएको थियो ।

उक्त संस्थाले सुर्तीजन्य पदार्थको विरुद्धमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ भने दिवसका दिन प्रत्येक वर्ष वाकाथन (पैदल यात्रा) समेत गर्दै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन