सुर्तीजन्य पदार्थ नियन्त्रणमा सक्रिय सिताराम हाछेथु, जसले आफनो हातमा खोपाए ‘नो स्मोकिङ’ ट्याटु
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले यति बेला ललितपुरमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सक्रिय रुपमा काम गरिरहेका छन्। सुर्तीजन्य पदार्थ नियन्त्रणकै लागि उनकै नेतृत्वमा विभिन्न कार्यक्रम एवम अभियानहरु सञ्चालन भइरहेका छन्। यहीवीच उनले सुर्तीजन्य पदार्थ नियन्त्रणको सन्देश दिन आफैबाट सुरु गर्नुपर्छ भन्दै आफनो दाहिने हातमा ‘नो स्मोकिङ’ को ट्याटु खोपाएका छन्।
उनले आफू सुर्तीजन्य पदार्थ नियन्त्रणको कार्यक्रममा जाँदा सो ट्याटु देखाएर यसको सेवन गर्नबाट रोक्न सजिलो हुने भन्दै आफैबाट सुरु गर्न ट्याटु खोपेको बताए । हुन त उनले यो ट्याटु बनाएको धेरै भएको छैन्। तर उनी उक्त ट्याटु आफूले मनैदेखि खोप्न मन लागेर खोपेको र घरमा सबैले मन पराएको र सुर्तीजन्य पदार्थको नियन्त्रण अभियानमा सहयोग गर्ने समेत बताएको जनाए । आफूले कहिल्यै पनि सुर्तीजन्य पदार्थमा हात समेत नलगाएको भन्दै युवाहरु यसको लतमा लागेको देख्दा दुख लाग्ने समेत जिकीर गरे ।

हाछेथुले योसँगै अर्को हातमा ट्राफिक नियम पालना गरौं भन्ने सन्देशको ट्याटु समेत खोपाएका छन्। उनले ललितपुरमा सार्वजनिक स्थल तथा सार्वजनिक गाडीहरुमा समेत नो स्मोकिङ लेखिएका स्टिकर टाँस्ने तथा सचेतना कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छन्। उनको नेतृत्वमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मे ३१ को अवसर पारेर भोलिदेखि ललितपुर महानगरमा घर घरमा गएर सुर्तीजन्य पदार्थ विरुद्धको सचेतना कार्यक्रम सञ्चालन हुँदैछ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य