Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर ११४ जना सक्रिय संक्रमित, सबै होम आइसोलेसनमा

देशभर ११४ जना सक्रिय संक्रमित, सबै होम आइसोलेसनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभर जम्मा ११४ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएपछि शनिबारसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ११४ जना मात्र सक्रिय संक्रमित रहेको पाइएको हो । यी सबै सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन्। अस्पताल भर्ना हुने दर शुन्यमा झरेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ५२ जना निको भएका छन्।

देशभर कुल जनसंख्याको ७६ दशमलब ७ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा खोप र ६७ दशमलब ९ प्रतिशतले दुबै मात्रा खोप लगाइसकेको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । उता ३२ वटा जिल्ला कोरोना शुन्य भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन