Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

४० वर्षदेखि चुरोट सेवन गरिरहेकी जमुना भन्छिन्, अब चाहिं छोड्न चाहन्छु

४० वर्षदेखि चुरोट सेवन गरिरहेकी जमुना भन्छिन्, अब चाहिं छोड्न चाहन्छु

हेल्थ टिभी अनलाइन : बाँके खजुराकी ५५ वर्षीया जमुना क्षेत्रीले चुरोट सेवन गर्न लागेको ४० वर्षभन्दा बढी भइसक्यो । उनी आफू १५ वर्षको उमेरदेखि चुरोटको सेवन गर्न थालेको बताउँछिन्। उनी अहिले दिनको दुई बट्टासम्म चुरोट सेवन गर्छिन । त्यसबेला हजुरबुवालाई हुक्का सल्काएर दिने क्रममा आफूले पनि रहरै रहरमा सेवन गरेको र पछि लत बसेको उनको भनाई छ ।

चुरोटको सेवनले क्यान्सर हुनसक्छ, ह्दयघात हुनसक्छ भन्ने कुरा उनलाई अहिले भने राम्ररी थाहा छ । तर त्यसबेला यसको सेवन गर्न हुँदैन क्यान्सर मुटुरोग जस्ता डरलाग्दा रोग लाग्नसक्छ भनेर कसैले नभनेको बताउँछिन । त्यस बेला खान हुन्न यो खराब चिज हो भन्दिएको भए आज म यो लतमा फस्दिन थिए होला के गर्नु त्यसबेला हेक्का भएन रहरै रहरमा खाना पुगियो । केटाकेटी बुद्धी त हो उनले थपिन ।

अहिले त उनलाई अरु कुनै खाना नभए पनि हुन्छ तर चुरोट चाहिं चाहियो, चाहियो। बिहानको सुरुवात नै उनको चुरोटबाट हुन्छ । घरमा उनका श्रीमान पनि चुरोटको सेवन गर्छन। यसले पनि उनलाई कसैले यसको सेवनको रोकटोक गरेनन । जसले गर्दा कसैको डर बिनै उनी चुरोटको सेवन गर्न थालिन । उमेरमा खासै वास्ता गरिनन। तर अब उमेर ढल्कदै जाँदा उनलाई अहिले चाहिं विभिन्न समस्याहरु देखिन थालेका छन्। छाती दुख्ने, खोकी लागिरहने हुन्छ । थोरे हिंड्दा पनि स्याँ स्याँ हुन्छ । सायद यसैको कारणले होला । उनले भनिन्। शरीर सुकेर सानो भएको छ । उनलाई खानामा खासै रुचि छैन । उनी भन्छिन्, खाना बरु नभए नि हुन्छ चुरोट चाहिं जहाँ गए पनि जसरी पनि चाहिन्छ । एउटा चुरोट सल्काएर खाइ नसक्दै तलतल लागिहाल्ने बताउँछिन उनी । त्यसैले उनको साथमा अरु केही नभए पनि चुरोटको बट्टाचाहिं जहिले पनि हुन्छ । चुरोट सेवन गर्न नपाइने ठाउँमा जानै नपरे हुन्थ्यो जस्तो लाग्छ उनलाई । गाउँँघरमा मेलापात गर्न बोलाउँछन्। गाउँमा मेलापात गर्न जाँदा पनिउनी चुरोटसाथमै लिएर जान्छिन्।

पैसा त कति हो कति खर्च । यसको सट्टा फलफूल वा अन्य खानेकुरा खाएको भए शरीर त बन्थ्यो होला । के गर्नु बेलामा बुद्धि पुगेन अब पछुतो लागिरहेको छ । उनले थपिन्। तर अझै पनि म यो लतबाट बाहिर आउन चाहन्छु तर कसरी थाहा छैन्।

सुरुमा उनी बिंडी सेवन गर्थिन । विगत १५ वर्षभन्दा बढीदेखि भने चुरोट सेवन गर्छिन । यही ब्रान्ड भन्ने छैन् शिखर, पाइलट चुरोट उनी बढी सेवन गर्छिन । घरमा छोराछोरीले नखाउ भनेर गाली गर्छन । के गर्नु लागेको लत कसरी छोड्न सक्नु । छोराछोरीले गाली गरेकै कारण छोड्न पर्यो भनेर कतिपटक प्रयास पनि गरिन । तर उनले केही घण्टाभन्दा बढी छोड्नै सकिनन । मुखमा ल्वाङ हाले, चकलेट खल्तीमा राखेर पनि हिंडे । तर कहाँ सजिलै सकिंदो रहेछ र चुरोट छोड्न त । अहिले स्वास्थ्यमा समस्या देखिंन थालेपछि भने उनी चिन्तित हुन थालेकी छिन्। डाक्टरलाई देखाउन जान पनि डर लाग्छ । केही भएको छ की ? त्यसैले मत जाँच गर्न नि जान्न उनले भनिन ।

जमुना जस्ता धेरै जना चुरोट सेवन गर्नेहरु पछि गएर यसलाई छोड्न चाहिरेका छन् । तर कसरी छोड्ने भन्ने कुरामा भने अलमलमा छन् । उनीहरुका लागि चुरोट छोड्न सिकाउने तथा उनीहरुलाई  सहजीकरण गरिदिने हो भने जमुना जस्ता धेरे यसको लतबाट बाहिर आउन सक्थे । त्यसका लागि सरकारले क्वीट टोबाको  प्याकेज कार्यक्रमहरु चलाउन जरुरी भइसकेको छ । जसले गर्दा चुरोट छोड्न चाहनेहरुका लागि सहज होस्।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार सुर्तीजन्य पदार्थ सेवनकै कारण नेपालमा वर्षेनी २७ हजार बढी  मानिसकाे मृत्यु हुने गरेको छ । यसले मुटु, मिर्गौला, क्यान्सर, दम, श्वासप्रश्वासजन्य रोग निम्त्याउने गर्छ ।

सुर्तीजन्य पदार्थ छोड्नका लागि सेवन गरेको जति वर्ष भए पनि ढिला नहुने चिकित्सकहरु बताउँछन्।

थप समाचार