यसरी पाउनुस् धुम्रपानको कुलतबाट छुटकारा
हेल्थ टिभी अनलाइन : धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ। यो कुरा सबैलाई थाहा छ तर, शिक्षित व्यक्ति नै धुम्रपान गरिरहेको भेटिन्छन्।
चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टार जस्ता स्वास्थ्यलाई हानि पुर्याउने रसायन पाइन्छ। यसको बानी प्राणघातक सावित हुन सक्छ।
-तपाईँसँग इच्छाशक्ति छ भने धुम्रपान वा सुर्ती छाड्ने थुप्रै तरीका छन्–
-तलतल लागेमा लामो श्वास लिएर आफ्नो ध्यानलाई अन्यत्र मोड्ने कोसिस गर्नुहोस्।
-तलतल बढी नै लाग्यो भने प्रशस्त पानी र फलफूलको जुस पिउनुहोस्।
-आफूलाई सकेसमम व्यस्त राख्नुहोस्।
दिमाग एकोहोरो भएका बेला धुम्रपान गर्न मन लाग्ने भएकोले मनपर्ने गीत सुन्ने, पुस्तक पढ्ने वा अन्य मन लाग्ने कृयाकलाप गर्नुहोस्।
लत लागेका तीनचार जनाले समाूहक रुपमा एकैचोटि धुम्रपान त्याग्ने निधो गरेमा यो सम्भव हुन्छ। यसो गर्दा एकले अर्कोलाई हेरेर पनि लत हटाउन सकिन्छ । लतलाई एकाएक त्याग्न गाह्रो त हुन्छ तर असम्भव भने छैन्। आज खाइहाल्छु भोलि या पर्सि छोड्छु भनेर दिन हेरेर नबस्नुस्। यसो गर्दा कहिले पनि धुम्रपान त्याग्न सकिँदैन। त्यसैले प्रण लत छोड्छु भन्ने प्रण लिनुस र त्यही अनुसारको वातावराण् तयार गर्नुस्। एउटा कुरा केहो भने धुम्रपान छोड्न कहिल्यै पनि ढिला हुँदैन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण