Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी पाउनुस् धुम्रपानको कुलतबाट छुटकारा

यसरी पाउनुस् धुम्रपानको कुलतबाट छुटकारा

हेल्थ टिभी अनलाइन : धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ। यो कुरा सबैलाई थाहा छ तर, शिक्षित व्यक्ति नै धुम्रपान गरिरहेको भेटिन्छन्।

चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टार जस्ता स्वास्थ्यलाई हानि पुर्याउने रसायन पाइन्छ। यसको बानी प्राणघातक सावित हुन सक्छ।

-तपाईँसँग इच्छाशक्ति छ भने धुम्रपान वा सुर्ती छाड्ने थुप्रै तरीका छन्–

-तलतल लागेमा लामो श्वास लिएर आफ्नो ध्यानलाई अन्यत्र मोड्ने कोसिस गर्नुहोस्।

-तलतल बढी नै लाग्यो भने प्रशस्त पानी र फलफूलको जुस पिउनुहोस्।

-आफूलाई सकेसमम व्यस्त राख्नुहोस्।

दिमाग एकोहोरो भएका बेला धुम्रपान गर्न मन लाग्ने भएकोले मनपर्ने गीत सुन्ने, पुस्तक पढ्ने वा अन्य मन लाग्ने कृयाकलाप गर्नुहोस्।

लत लागेका तीनचार जनाले समाूहक रुपमा एकैचोटि धुम्रपान त्याग्ने निधो गरेमा यो सम्भव हुन्छ। यसो गर्दा एकले अर्कोलाई हेरेर पनि लत हटाउन सकिन्छ । लतलाई एकाएक त्याग्न गाह्रो त हुन्छ तर असम्भव भने छैन्। आज खाइहाल्छु भोलि या पर्सि छोड्छु भनेर दिन हेरेर नबस्नुस्। यसो गर्दा कहिले पनि धुम्रपान त्याग्न सकिँदैन। त्यसैले प्रण लत छोड्छु भन्ने प्रण लिनुस र त्यही अनुसारको वातावराण् तयार गर्नुस्। एउटा कुरा केहो भने धुम्रपान छोड्न कहिल्यै पनि ढिला हुँदैन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि