थप ५ जनामा कोरोना संक्रमण, ९ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७१७ जनाको नमुना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १२८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या ४७ हजार ९७९ रहेको छ ।
अहिले आइसीयू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या शुन्य रहेको छ भने क्वारेन्टाइनमा पनि संक्रमित छैनन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?