मेयर रेनु दाहालको पहिलो निर्णय : भरतपुरमा जन्मिने छोरीको निःशुल्क बीमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले भरतपुरमा जन्मिने छोरीहरुको नि:शुल्क बीमा गरिने निर्णय गरेकी छिन्। दोस्रो पटक मेयरमा निर्वाचित दाहालले बुधबार पदभार ग्रहण गर्दै उक्त निर्णय गरेकी हुन्।
पुनः निर्वाचित मेयर दाहालले बुधबार बिहान पदभार ग्रहण गर्दै छोरीको नि:शुल्क बीमा र भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई नि:शुल्क गरिने निर्णयमा हस्ताक्षर गरेकी हुन्।
यो निर्णयसँगै अब भरतपुरमा जन्मिने छोरीलाई रु एक लाखको बिमा गरिने र त्यसको १५ वर्ष अवधिको हुनेछ । सो समय अवधिपछि छोरीले १ लाख रुपैंया पाउनेछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?