Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मेयर रेनु दाहालको पहिलो निर्णय : भरतपुरमा जन्मिने छोरीको निःशुल्क बीमा

मेयर रेनु दाहालको पहिलो निर्णय : भरतपुरमा जन्मिने छोरीको निःशुल्क बीमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले भरतपुरमा जन्मिने छोरीहरुको नि:शुल्क बीमा गरिने निर्णय गरेकी छिन्। दोस्रो पटक मेयरमा निर्वाचित दाहालले बुधबार पदभार ग्रहण गर्दै उक्त निर्णय गरेकी हुन्।

पुनः निर्वाचित मेयर दाहालले बुधबार बिहान पदभार ग्रहण गर्दै छोरीको नि:शुल्क बीमा र भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई नि:शुल्क गरिने निर्णयमा हस्ताक्षर गरेकी हुन्।

यो निर्णयसँगै अब भरतपुरमा जन्मिने छोरीलाई रु एक लाखको बिमा गरिने र त्यसको १५ वर्ष अवधिको हुनेछ । सो समय अवधिपछि  छोरीले १ लाख रुपैंया पाउनेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि