Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्भावस्थामा किन हुन्छ मधुमेह र कसरी बच्ने ?

गर्भावस्थामा किन हुन्छ मधुमेह र कसरी बच्ने ?

हेल्थ टिभी अनलाइन : आमा बन्नु कुनै पनि महिलाका लागि अत्यन्तै खुशीको कुरा हो। खुशीसँगै यसका चुनौती पनि धेरै छन्। महिलाका लागि गर्भावस्था निकै संवेदनशील हुन्छ। यो वेलामा महिलाको शरीरमा विभिन्न परिवर्तन आउँछ। शारीरिक थकानदेखि र मानसिक तनावसमेतको सामना गर्नुपर्छ।

गर्भावस्थामा धेरै महिलालाई हुने समस्या भनेको मधुमेह हो। यसलाई ‘जेस्टेसनल डाइबेटिज’ भनिन्छ। गर्भवती समयमा रगतमा चिनीको मात्र धेरै हुन्छ। गर्भवस्थाअघि नभएका महिलाहरू पनि यो समयमा मधुमेह समस्या भोग्न बाध्य हुन्छन्। गर्भावस्थामा शरीरमा इन्सुलिन हर्मोन उत्पादन नहुुनु वा मात्रा कम हुने भएकाले ‘जेस्टेसनल डाइबेटिज’ हुन्छ।

वंशाणुगत बाबुआमालाई मधुमेह थियो भने, मोटोपन, शारीरिक व्यायाम कम गर्ने, उच्च रक्तचाप, मिर्गौला रोग आदि छ भने मधुमेहको सम्भावना हुन्छ। यस्तै पहिलो बच्चा चार केजी भन्दा बढी जन्मेको छ भने पनि यस्ता महिलालाई मधुमेह हुने सम्भावना निकै हुन्छ।

लक्षण

धेरै भोक लाग्ने, छिटो छिटो पिसाब लाग्ने, बच्चा पेटको साइजभन्दा बढी छ भने जेस्टेसनल डाइबेटिज भएको हुनसक्छ। यीबाहेक खासै लक्षण देखिँदैन। स्क्रिनिङको आधारमा थाहा पाइन्छ। गर्भावस्थामा मधुमेह हुँदा बच्चा र आमा दुवैलाई खतरा हुन्छ।

मधुमेह भएका बिरामीको पहिलो उपचार भनेकै खानपान नियन्त्रण हो। दिनको ६ पटक थोरै थोरै गरी खस्रो रेसादार खाना खानुपर्छ। व्यायाम, योग ध्यानतिर समय दिनुपर्छ। आवश्यक परेको खण्डमा इन्सुलिन दिने गर्छौ ।

जुन बच्चाको वजन ४ केजीभन्दा धेरै हुन्छ,जीवित रहने सम्भावना कमै हुन्छ। आमामा प्रेसर बढ्ने , ब्लिडिङ हुने सम्भावना हुन्छ। यस्ता आमालाई १०\१५ वर्षपछि मधुमेह हुन सक्छ।

शारीरीक व्यायाम नगर्ने कसरत नगर्ने, सन्तुलित भोजन नगर्ने, मोटोपन नियन्त्रण नगर्ने र यसअघि बुबाआमालाई मधुमेह भएका महिलालाई मधुमेह हुनसक्छ। त्यसैले उचित खानपान, व्यायाम र तौल नियन्त्रणमा ध्यान दिन आवश्यक छ।

सावधानी

इन्सुलिन लगाएपछि दिनमा पटकपटक सुगर परीक्षण गर्नुपर्छ। खानाअघि, खानापछि, दिउँसो, रातिको खानाअघि, रातिको खानापछि र मध्यरातमा परीक्षण गर्नुपर्छ। शरीरमा सुगरको मात्रा ७० देखि १२० मा राख्नुपर्छ। शरीरमा सुगर कम हुन दिनु हुँदैन।

गर्भावस्थामा जेस्टेस्नल डाइबेटिज देखिएमा वा दोस्रो बच्चा पाउने योजना गर्नुअघि स्क्रिनिङ गर्नुपर्छ। शरीरमा सुगरको मात्रा धेरै देखिएमा सुगर नियन्त्रणमा राख्नुपर्छ। सबै कुराको सन्तुलन गरेर मात्र योजना बनाउनु निकै प्रभावकारी हुन्छ।

मधुमेह रोग विशेषज्ञ डा मधु पाण्डेसँगको कुराकानीमा आधारित :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन