ह्लिलचियरको प्रयोगसम्बन्धी तालिम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : अपांगता भएका व्यक्तिहरुलाई ह्लिलचियर प्रयोग गराउँदा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयलाई लिएर तालिम सम्पन्न भएको छ ।
फिजियोथेरापी पुनर्स्थापना केन्द्रहरुको संघ प्राणले आयाेजना गरेको तालिममा ८० जना फिजियोथेरापिष्ट तथा नर्सहरुलाई अपांगता भएका व्यक्तिहरुलाई ह्लिलचियरको प्रयोग कसरी गर्ने भन्नेवारेमा तालिम दिइएको थियो । मेरुदण्ड भाँचिएर आफै शौचालय सम्म गएर दिसापिसाब गर्न नसक्ने बिरामीहरुलाई के कस्तो कुरामा ध्यान दिने तथा यस्ता बिरामीलाइ ह्लिलचियर प्रयोग गर्न सिकाउने विधीको बारेमा फिजियोथेरापिष्ट तथा नर्सहरुलाई तालिम दिइएको हो ।
दुर्घटना वा कुनै रोगले अस्पताल वा पुनर्थापना केन्द्र पुगेका केही बिरामीहरुलाई दिर्घकालीन रुपमा ह्लिलचियरको आवस्यकता पर्न सक्छ । यस्ता बिरामीहरुलाई आत्मनिर्भर बनाउन उनीहरुको स्वास्थ्य अवस्था अनुसार ह्लिलचियर प्रयोग सिकाउनु पर्छ । जसले गर्दा उनीहरुको दैनिक जीवन केही सहज होस्। ह्लिलचियरको प्रयोग गरेर बिरामीलाई कसरी सहज जीवनयापन गराउन सकिन्छ भनेर तालिमको आयोजना गरी नर्स तथा फिजियोथेरापिष्टहरुलाई साे कुरा सिकाइएको कार्यक्रम संयोजक तथा आयोजक संस्था प्राणका महासचिव समिद कतिला श्रेष्ठले जानकारी दिए । उनले सो कुरा नर्स तथा फिजियोथेरापिष्टहरुले बिरामीलाई सिकाउने समेत जिकीर गरे ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका सर्टिफाईड ह्विलचेयर ट्रेनर सुनिल पोखरेलका साथै चन्दा राना, साजन मानन्धर, क्रितन श्रेष्ठ र ह्विलचयर टेक्नियिसन राम रि लम्सालले तालिम दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी कुष्ठरोग नियन्त्रण तथा अपांगता रोकथाम महाशाखाका शाखा प्रमुख डा रबिन्द्र बास्कोटाले यस्ता खालका तालिमले बिरामीको जीवनयापनमा सहज हुने बताए । उनले यस्ता तालिमहरुले निरन्तरता पाउनुपर्नेमा समेत जोड दिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य