१४ देशमा फैलिसक्यो मंकीपक्स
हेल्थ टिभी अनलाइन : विश्वमा एकपछि अर्को भाइरसले चिन्ता बढाउन थालेको छ । यतिबेला मंकीपक्स नामक भाइरसको संक्रमण केही देशमा देखिन थालेपछि धेरै जना चिन्तित बनेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार आइतबारसम्म १४ देशमा यसको संक्रमण देखिइसकेको जनाएको छ । ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० बारे अनुसन्धान भइरहेको संगठनले जनाएको छ । मंकीपक्स भाइरस जङ्गली जनावरमा हुन्छ जुन बाँदरभन्दा पनि धेरै मुसामा भएको मानिन्छ।
अफ्रिकामा बढी देखिने भाइरस अहिले यूके र युरोपमा देखिएको छ जहाँ यो एकबाट अर्को व्यक्तिमा सर्न संघर्ष गरिरहेको छ। त्यसैले अहिलेसम्म यो थोरै संख्यामा देखिएको छ तर जोखिम भने छँदैछ । यसअघि अफ्रिकासँग स्पष्ट सम्पर्क देखिने व्यक्तिहरूमा मात्रै देखिने मंकीपक्स यसपटक भने अन्यमा पनि देखा परेको छ। र यो कसरी भइरहेछ भन्ने स्पष्ट भने छैन।
आइतबार साँझसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल र कतिपय युरोपेली देशमा संक्रमण पुष्टि भइसकेको संगठनले जनाएको छ । संक्रमण पुष्टि भएका १० युरोपेली देशमा यूके, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेन हुन् ।
‘मंकीपक्स’ मध्ये तथा पश्चिम अफ्रिकामा सामान्य भए पनि अफ्रिकाबाहिर भने खासै देखिएको थिएन । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने जनाएको छ । यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट हुन्छन् ।
बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । संक्रमण भएको खण्डमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ ।
बीबीसीबाट




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य