Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

१४ देशमा फैलिसक्यो मंकीपक्स

१४ देशमा फैलिसक्यो मंकीपक्स

हेल्थ टिभी अनलाइन : विश्वमा एकपछि अर्को भाइरसले चिन्ता बढाउन थालेको छ । यतिबेला मंकीपक्स नामक भाइरसको संक्रमण केही देशमा देखिन थालेपछि धेरै जना चिन्तित बनेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार आइतबारसम्म १४ देशमा यसको संक्रमण देखिइसकेको जनाएको छ । ८० भन्दा बढी संक्रमण पुष्टि भएको र शंकास्पद ५० बारे अनुसन्धान भइरहेको संगठनले जनाएको छ । मंकीपक्स भाइरस जङ्गली जनावरमा हुन्छ जुन बाँदरभन्दा पनि धेरै मुसामा भएको मानिन्छ।

अफ्रिकामा बढी देखिने भाइरस अहिले यूके र युरोपमा देखिएको छ जहाँ यो एकबाट अर्को व्यक्तिमा सर्न संघर्ष गरिरहेको छ। त्यसैले अहिलेसम्म यो थोरै संख्यामा देखिएको छ तर जोखिम भने छँदैछ । यसअघि अफ्रिकासँग स्पष्ट सम्पर्क देखिने व्यक्तिहरूमा मात्रै देखिने मंकीपक्स यसपटक भने अन्यमा पनि देखा परेको छ। र यो कसरी भइरहेछ भन्ने स्पष्ट भने छैन।

आइतबार साँझसम्म अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल र कतिपय युरोपेली देशमा संक्रमण पुष्टि भइसकेको संगठनले जनाएको छ । संक्रमण पुष्टि भएका १० युरोपेली देशमा यूके, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेन हुन् ।

‘मंकीपक्स’ मध्ये तथा पश्चिम अफ्रिकामा सामान्य भए पनि अफ्रिकाबाहिर भने खासै देखिएको थिएन । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने जनाएको छ । यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट हुन्छन् ।

बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । संक्रमण भएको खण्डमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ ।

बीबीसीबाट

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि