‘आरुस लाइफस्टाइल हस्पिटल’ बन्यो नेपालकै पहिलो लाइफस्टाइल अस्पताल, महापरित्राण गर्दै सेवा सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : १४ वर्षअघि बुद्ध जयन्तीका दिन स्थापना भएको डायबिटिज थाइराइड एण्ड इन्डोक्राइनोलोजी केयर सेन्टर २५ बेडको आरुस लाइफस्टाइल अस्पताल बन्न सफल भएको छ । सेन्टरको १४ औं वार्षिकोत्सव र अस्पतालमा परिणत भएको उपलक्ष्यमा अस्पतालमा भिक्षु महासंघका २१ जना गुरुहरुबाट सामूहिक महापरित्राण सम्पन्न गरिएको छ । महापरित्राण सबैको शान्तिको लागि गरिने विशेष पूजा हो । शनिबार प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा उक्त पूजामा सरिक हुँदै अस्पतालको सफलताको शुभकामना समेत दिए ।

विशेषज्ञ युवा चिकित्सकहरुको समूहद्धारा सुरु गरिएको उक्त सेन्टरको आज १४ औं वार्षिकोत्सव मनाउने क्रममा नेपालकै पहिलो लाइफस्टाइल अस्पतालका रुपमा घोषणा गर्न पाउँदा निकै खुशी लागेको बताउँछन् अस्पतालका सिइओ एवम मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा सन्तोष शाक्य । उनले आफूहरुले रोग लागेपछि उपचार गर्ने भन्दा पनि लाइफस्टाइल परिवर्तन गर्दै कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुरामा ध्यान दिंदै सो कुरामा केन्द्रित हुने र यदि समस्या आइहालेमा समयमै पहिचान गरी उपचार गर्नका लागि आरुस अस्पतालको स्थापना भएको जनाए ।
यसैगरी अस्पतालका अर्का विशेषज्ञ डा रुपक भारीले १४ वर्षसम्म आइपुग्दा आफूहरुले धेरै जीवनशैलीकै कारण आउने समस्याको उपचार र निदानमा काम गरिरहेको र सो कै आधारमा देशमा एउटा लाइफस्टाइलसँग सम्बन्धित अस्पतालको आवश्यकता महशुस गरी आफनो समूहले भइरहेको र गरिरहेको कामलाई अस्पतालमार्फत सेवा दिने जमर्को गर्दै अस्पताल स्थापना गरेको बताए । उनले जीवनशैलीलाई मात्र ध्यान दिने हो भने धेरै रोगहरु लाग्नबाट बच्न सकिने र समस्या आउने समय पछि धकेल्न सकिने समेत जिकीर गरे । उनले भने, ‘हाम्रो अस्पताल लाइफस्टाइलसँग सम्बन्धित उपचार र जनचेतना दुबैमा केन्द्रित हुनेछ ।’

अस्पतालमा सुगर, थाइराइड, हर्मोन सम्बन्धित सम्पूर्ण समस्या बाहेक मुटु, मिर्गौला, स्त्री रोग, मानसिक स्वास्थ्य सेवा लगायतका अन्य विशिष्टिकृत सेवाहरु पनि रहने जनाइएको छ ।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’