भारतमा अघिल्लो दिनको तुलनामा ३० प्रतिशतले बढे कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा २ हजार ३६४ नयाँ कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा झण्डै ३० प्रतिशत (२९ दशमलब ३) प्रतिशतले संक्रमितको संख्या बढेको पाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
धेरै राज्यहरुमा संक्रमित कम भए पनि हिजोको तुलनामा आज संक्रमित बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न नछोड्न त्यहाँका स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन्। भारतमा अहिले सबैभन्दा धेरै संक्रमित केरलामा र दोस्रोमा दिल्लीमा देखिएका छन्। यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको बताइएको छ भने २ हजार ५८२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
भारतमा अहिले १५ हजार ४१९ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। खुल्ला सिमाना भएका कारण भारतमा कोरोना संक्रमितको संख्या बढ्दा नेपालमा पनि चासो र चिन्ता बढ्ने गरेको पाइन्छ ।
नेपालमा अहिले १४७ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण