Health TV Online
Health TV Online

नेपालमा लक्षित जनसंख्याको ८५ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

नेपालमा लक्षित जनसंख्याको ८५ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको ८४ दशमलब ६ प्रतिशत व्यक्तिले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। यसैगरी एक मात्रा खोप लगाउनेको संख्या भने झण्डै ९६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कुल जनसंख्याको ७६ दशमलब ५ प्रतिशतले एक मात्रा र ६७ दशमलब ६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्। नेपालमा खोप अभियान सुरु भए यता ५ करोड ३३ लाख ८१ हजार ५७० मात्रा खोप प्राप्त भएको छ । यसमध्ये ४ करोड २४ लाख ३१ हजार ९९९ मात्रा खोप प्रयोगमा आएको छ ।

नेपालमा हालसम्म ३७ लाख २१ हजार ५५२ जनाले बुस्टर डोज समेत लिइसकेका छन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार