२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा जम्मा ४ जना मात्र कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् भने यहीवीच १८ जना कोरोना संक्रमित निको भएका छन्।
पछिल्लो २४ घण्टामा २ हजार ८१७ जनाको कोरोना आंशकामा नमुना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार १७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
कोरोना संक्रमितको संख्या घट्दै गएर अहिले देशभर जम्मा १७३ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?