डाक्टर प्रीति भुसालद्वारा सगरमाथाको सफल आरोहण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको ग्रान्डी अस्पतालमा कार्यरत डाक्टर प्रीति भुसालले सगरमाथााको सफल आरोहण गरेकी छिन् । तीन सन्देशहरू विश्वको सर्वोच्च शिखर सगरमाथामा पुगेर दिनका लागि डा प्रीति भुसाल सहितको टोलीले सगरमाथा आरोहण गरेको हो । भुसाल सहितको टोलीले वैशाख २९ गते विहिवार विहान सगरमाथाको सफल आरोहण गरेको हो ।
कोभिड—१९ को लडाई विरुद्ध अग्रपंतीमा रहने चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी एवम कर्मचारी लगायतको योगदानको उच्च सम्मान गर्न आफूले सगरमाथा आरोहण गर्ने निधो गरेको डा भुसालको भनाई छ । यसैगरी जलवायु परिवर्तनको असर कम गर्न सबैको समान योगदान हुनुपर्छ भन्ने सन्देश दिनु पनि आफ्नो सगरमाथा आरोहणको दोस्रोे लक्ष्य रहेको उनले बताईन्। उनको तेस्रो सन्देश हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने रहेको थियो ।
यी मुख्य तीन सन्देश सगरमाथालाई साक्षी राखेर विश्वभर पुराउनैका लागि आफूले सगरमाथा आरोहण गरेको उनको भनाई छ । भुसालको आरोहणको व्यवस्थापन हिमालयन सेपर्ड टिमले गरेको थियो ।
डा प्रीति अर्घाखाँचीकी स्थायी बासिन्दा हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?