मतदानस्थलमा भिडभाड हुने भएकाले अनिवार्य मास्क लगाऔं : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन\ काठमाडौं : यही वैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका दिन मतदान गर्न जाने स्थानमा भिडभाड हुने हुँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना संक्रमितको संख्यामा कमी आएको भए पनि कोरोना महामारीको जोखिम भने कायमै रहेकाले चुनाव प्रचारप्रसारमा हिंड्दा होस् वा मतदान गर्न जाँदा होस् सबैले मास्कको प्रयोग गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको हो ।
मन्त्रालयले सूचना नै जारी गरेर सबैलाई कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न (मास्कको प्रयोग गर्न, दूरी कायम गर्न तथा साबुन पानीले हात धोइरहन) आग्रह गरेको हो । यसैगरी हालसम्म काेराेना खाेप नलगाएकाे भए वा बुस्टर खाेप लगाउन बाँकी भएकालाइ नजिककाे स्वास्थ्य संस्थामा गएर खाेप लगाउन समेत आग्रह गरिएकाे छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?