Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मतदानस्थलमा भिडभाड हुने भएकाले अनिवार्य मास्क लगाऔं : स्वास्थ्य मन्त्रालय

मतदानस्थलमा भिडभाड हुने भएकाले अनिवार्य मास्क लगाऔं : स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन\ काठमाडौं : यही वैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका दिन मतदान गर्न जाने स्थानमा भिडभाड हुने हुँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना संक्रमितको संख्यामा कमी आएको भए पनि कोरोना महामारीको जोखिम भने कायमै रहेकाले चुनाव प्रचारप्रसारमा हिंड्दा होस् वा मतदान गर्न जाँदा होस् सबैले मास्कको प्रयोग गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको हो ।

मन्त्रालयले सूचना नै जारी गरेर सबैलाई कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न (मास्कको प्रयोग गर्न, दूरी कायम गर्न तथा साबुन पानीले हात धोइरहन) आग्रह गरेको हो । यसैगरी हालसम्म काेराेना खाेप नलगाएकाे भए वा बुस्टर खाेप लगाउन बाँकी भएकालाइ नजिककाे स्वास्थ्य संस्थामा गएर खाेप लगाउन समेत आग्रह  गरिएकाे छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि