Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मतदानका दिन एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

मतदानका दिन एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनलाई छुट्टै पास नचाहिने जनाएको छ ।

निर्वाचनलाई निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले मतदानका दिन सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ। तर बिरामीको सेवामा खटिने एम्बुलेन्स, दमकल, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधनकाे हकमा भने याे नियम लागु हुने छैन् ।

यसैगरी फोहरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा जस्ता अत्यावश्यक सेवा र  कूटनीतिक नियोगका सवारी साधनको हकमा पनि सवारी अनुमतिपत्र लिनु नपर्ने आयोगले जनाएको छ । अन्यले भने मतदानका दिन सवारी साधन चलाउन परेमा पास लिएर मात्र चलाउन पाउने छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन