मंगलबार रातिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ विक्री वितरणमा रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वैशाख २७ गते मंगलबार रातिदेखि ३ दिनका लागि मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षामा खलल नपुगोस भनेर वैशाख २७ गते मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ७१ बमोजिम (मादक पदार्थ निषेध ) गर्ने व्यवस्था अनुसार सो को प्रभावकारी कार्यान्वयन गर्दै वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा रोक लगाइएको जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण