थप १७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १० नमुना मध्ये १७ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी २१ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा २२ हजार १०६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन भने हाल देशभर २०१ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। १०६ जना व्यक्ति कोरोना आशंकामा क्यारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?