कोरोनाको जोखिम कायमै रहेकाले निर्वाचनका बेलामा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न नभुलौं : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिंदै गर्दा विभिन्न दलका सभा, जुलुस, र्याली, घरदैलो जस्ता कार्यक्रम भइरहेका छन् ।
यही क्रममा धेरैले काेराेनाकाे जाेखिम वेवास्ता गर्दै मास्क नलगाउने तथा दूरी पनि कायम नगरेको देखिन्छ । यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को जोखिम अहिले पनि कायमै भएकाले चुनावका बेला कोभिडबाट बच्न जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले निर्वाचनको तयारी गर्दै गर्दा कोभिड १९ को जोखिमलाई पनि ध्यानमा राख्न आग्रह गरेको हो ।
मन्त्रालयले यदि कसैले कोरोना विरुद्धको खोप नलगाएको भए आफनो नजिकैको स्वास्थ्य संस्थामा गएर कोरोना खोप लगाउन पनि आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?