Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यका कर्मचारीलाई पनि दुई दिन बिदा

स्वास्थ्यका कर्मचारीलाई पनि दुई दिन बिदा

हेल्थ टिभी अनलाइन \काठमाडौं : जेठ १ गतेदेखि सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा आइतबार पनि बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेपछि तत्कालका लागि मन्त्रिपरिषदको निर्णय कार्यान्वयन हुने गरी शनिबार र आइतबार दुई दिन नै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्य कर्मचारीलाई दुई दिन बिदा दिंदा स्वास्थ्यका कर्मचारीलाई विभेद गरेको भन्दै विरोध जनाएपछि मन्त्रालयले छलफल चलाएको थियो । सो छलफल पछि मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले अहिलेलाई मन्त्रिपरिषद्ले गरेको निर्णय नै कार्यान्वयन गर्ने कुरा भएको जनाए । उनले अर्को निर्णय नहुँदासम्म अब अस्पतालहरुमा शनिबार र आइतबार दुई दिन इमरजेन्सी बाहेकका सेवा बन्द रहने जनाए ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलको अध्यक्षतामा बिहीबार मन्त्रालयको हलमा बसेको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक, मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरु, स्वास्थ्यका विभिन्न ट्रेड युनियन, पेशागत संघ संगठनका पदाधिकारी, अस्पतालका निर्देशकहरुको सहभागिता रहेकाे थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन