Health TV Online
Health TV Online

‘नेपालमा मातृ मृत्युदर कम गर्न मिडवाइफ्री शिक्षा र सेवामा जोड दिन जरुरी’

‘नेपालमा मातृ मृत्युदर कम गर्न मिडवाइफ्री शिक्षा र सेवामा जोड दिन जरुरी’

हेल्थ टिभी अनलाइन \काठमाडौं : मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डा लक्ष्मी तामाङले नेपालमा उच्च रहेको मातृ मृत्युदर कम गर्न मिडवाइफ्री शिक्षा र सेवामा जोड दिनुपर्ने बताएकी छिन्।

बिहिबार अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मातृ मृत्यु र नवजात शिशुको मृत्यु कम गर्न मिडवाइफ्री शिक्षामा ध्यान दिनुपर्ने बताएकी हुन्। उनले मिडवाइफ केन्द्रित प्रसुती सेवा भएका देशहरुमा मातृमृत्युर निकै कम भएको उदाहरण दिंदै नेपालमा पनि सो मोडेल अपनाएमा अहिले भइरहेको मातृ मृत्युदरमा निकै कमी ल्याउन सकिने जनाइन्।

नेपालमा सरकारको दक्ष प्रसूतीकर्मी सम्बन्धी राष्ट्रिय नीति २०६३ को दीर्घकालिन रणनीति अनुसार मिडवाइफ्री सेवा र नेतृत्व प्रदान गर्ने सुरक्षित मातृत्वको लागि महत्वपूर्ण मानव संसाधनका रुपमा व्यवसायिक मिडवाइफको नयाँ जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार हाल नेपालमा २८ जना मिडवाइफ उत्पादन भई विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत छन्।

तर विगत ६ वर्ष देखि मिड्वाइफ्री जनशक्ति उत्पादन गर्न सरकारले चालेको गति अति नै सुस्त देखिएको बताउँछिन डा तामाङ । नेपालमा अझै पनि प्रति लाख २३९ जना आमाहरु प्रसूतीजन्य जटिलताबाट मृत्यु भइरहेको अवस्थामा दिगो विकास लक्ष्य अनुसार ७० मा झार्न चुनौती रहेकोमा मिडवाइफले यसमा ठूलो सहयोग पुराएर यो संख्या घटाउन भूमिका खेल्न सक्नेमा उनले जोड दिइन्।

यस वर्षको दिवसको अन्तराष्ट्रिय नारा ‘सय वर्षको प्रगति’ र राष्ट्रिय नारा ‘एक दशकको प्रगति’ रहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार