थप १९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२१ जनाको नमुना परीक्षण गरिएकोमा १९ जनामा कोरोना देखिएको हो ।
यसैगरी आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३० हजार ६५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य