Health TV Online
Health TV Online

लाइभ सर्जरी गरेर विदेशी डाक्टरलाई सिप सिकाउँदै नेपाली डाक्टर

लाइभ सर्जरी गरेर विदेशी डाक्टरलाई सिप सिकाउँदै नेपाली डाक्टर

हेल्थ टिभी अनलाइन \काठमाडौ : वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट डा संजय खड्गीले नेपालमा मात्र हैन् विदेशमा गएर कयौं डाक्टरलाई लाइभ सर्जरी गरेर आफनो सिप सिकाउने गर्छन । डा संजय नेपालमा मिर्गौला पत्थरीको सर्जरी गर्ने अत्याधुनिक प्रविधि ‘मिनी पीसीएनएल प्रविधि’ भित्र्याउने पहिलो डाक्टर हुन्। उनले नेपालमा जसरी मिर्गौला पत्थरी भएकाहरुको सर्जरी गर्छन् त्यसैगरी उनले नेपाल भित्राएको मिनी पीसीएनएल प्रविधिवारे जानकारी दिन विभिन्न देश पुगेर लाइभ सर्जरी गर्ने गर्छन ।

उनले धेरै देशहरुमा गएर मिनी पीसीएनएल प्रविधिबाट पत्थरीको सर्जरी गरेर लाइभ देखाइसकेका छन्। जसमा सयौं विशेषज्ञ डाक्टरहरु उक्त सिप लाइभ हेर्ने गर्छन्। उनलाई धेरै विकसित देशहरुमा लाइभ सर्जरीका लागि विशेष निम्ता गर्दै बोलाउने गरिन्छ । जसका कारण उनी अन्तराष्ट्रिय स्तरमा समेत ख्याति कमाइसकेका डाक्टरमा पर्छन्। सो प्रविधिमार्फत उनले १० हजार भन्दा बढी बिरामीको पत्थरीको शल्यक्रिया समेत गरिसकेका छन्।

उनी यही सिलसिलामा अहिले भारतको अहमदावादमा अप्रिल २९ देखि मे २ तारिखसम्म चलेको इन्डोयूरोलोजी कन्फ्रेन्समा सहभागी हुन पुगेका छन्। उनी मिनी पीसीएनएल प्रविधिमार्फत बिरामीको लाइभ सर्जरी गरेर देखाउन अहमदावाद पुगेका हुन् । उनको यो सिप सिक्न र हेर्न सयौं विशेषज्ञ डाक्टर हलमा खचाखच भएर बसेका थिए भने उनले अपरेसन थियटरमार्फत लाइभ सर्जरी गरेको भिडियो देखाइएको थियो । डा संजयले आफूलाई विभिन्न देशबाट लाइभ सर्जरीका लागि अफर आउने गरेको बताए । उनले भने, ‘भारत आफैमा सबै हिसाबले सम्पन्न देश भएकाले सामान्यतया नेपाली डाक्टरलाई चान्स दिनु भनेको ठूलो कुरा हो । उहाँहरुले मेरो सिप र ज्ञान सेयरिङका लागि आग्रह गरेपछि यहाँ आएको हुँ ।’ यहाँ हुँदा मैले लाइभ सर्जरी गरेर धेरै जनालाई देखाउनुपर्ने हुन्छ, उनले थपे।

डा खड्गीले नेपालमा’खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी’ मार्फत नियमित रुपमा मिनी पीसीएनएल सेवाबाट पत्थरीको शल्यक्रिया सेवा दिइरहेका छन् । उनी इन्स्टिच्युटका मेडिकल डाइरेक्टर समेत हुन्। यति मात्र नभएर डा खड्गी दुखी गरिबका लागि भन्दै हरेक दिन ४ जना विपन्न बिरामीलाई सरकारी मूल्यमा अर्थात अति कम मात्र शुल्क लिएर शल्यक्रिया गर्ने गरिरहेका छन्।

उनी हरेक महिना जसो कुनै न कुनै अन्तराष्ट्रिय स्तरको तालिम तथा लाइभ सर्जरीमा भाग लिन पुग्छन्। उनले भित्राएको प्रविधिका कारण आफै डाक्टर तथा विद्यार्थीले उनलाई अप्रोच गर्छन् र  भिजिट गर्न आउँछन्। । उनले भित्र्याएको यो प्रविधिले उनलाई  नेपालमा मात्र  हैन अन्तराष्ट्रियस्तरमै चिनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार