थप ३२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने २३ जना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा गरेको ३ हजार ९४ परिक्षण मध्ये ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
यसैगरी गत २४ घण्टामा ९३ हजार ५४६ जनाले कोरोना विरुद्ध खोप लगाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २१७ रहेको छ। यसका साथै १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?