थप १४ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ७७१ जनाको नमुना परीक्षण गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको हो ।
यसगरी पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २ लाख ९ हजार ५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर २४३ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
‘क्षयरोगको उपचारसँगै पोषणमा पनि ध्यान दिन जरुरी हुन्छ’
भिटामिन ए खुवाउने कार्यक्रम आज पनि
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद यादव
आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै
काठमाडौं महानगरका वडाहरुमा आजदेखि नि:शुल्क क्यान्सर परीक्षण शिविर