थप १५ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८७५ जनाको नमुना परीक्षण गएिकोमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा १८ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिले देशभर जम्मा २४९ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्। आइसीयू र भेन्टिलेटरमा रहने सिकिस्त संक्रमितको संख्या पनि शुन्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ । हालसम्म देशमा कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भइसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?